नियम
वितरण संपरीक्षण

(१) पत्रपत्रिकाको प्रकाशकले आफ्नो प्रकाशन वितरणको प्रत्येक आर्थिक वर्ष समाप्त भएको मितिले तीन महिनाभित्र कानून बमोजिम लेखापरीक्षकको प्रमाणपत्र प्राप्त लेखापरीक्षकबाट संपरीक्षण गराई त्यसको प्रतिवेदन समिति समक्ष पठाउनु पर्नेछ ।
(२) उपनियम (१) बमोजिमको प्रतिवेदन प्राप्त भएपछि समितिले सो प्रतिवेदन आवश्यक जाँचबुझ गरी प्रकाशकलाई अनुसूची बमोजिमको ढाँचामा पत्रपत्रिका वितरण संपरीक्षणको प्रमाणपत्र दिनु पर्नेछ ।